YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 51:1-13

भजनसंग्रह 51:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्‌, तपाईंको अपार अनुकम्‍पामा मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गरिदिनुहोस्‌। किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ। तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जे खराबी छ, त्‍यही गरेको छु। यसैकारण बोल्‍नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्‍छ, र न्‍याय गर्दा तपाईं न्‍यायी ठहरिनुहुन्‍छ। साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। निश्‍चय नै हृदयको सत्‍यता तपाईं चाहना गर्नुहुन्‍छ, अन्‍तस्‍करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्‍छ। हिसपले मलाई शुद्ध पार्नुहोस्‌, र म शुद्ध हुनेछु। मलाई धुनुहोस्‌, र म हिउँभन्‍दा सेतो हुनेछु। मलाई हर्ष र उल्‍लास सुन्‍न दिनुहोस्‌, र तपाईंले चूर्ण पारिदिनुभएका हड्डीहरू आनन्‍दित होऊन्‌। मेरा पापहरूदेखि आफ्‍नो मुख लुकाउनुहोस्‌, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्‌। हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌, र मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्‌। मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌। तपाईंको मुक्तिको आनन्‍द मलाई फेरि दिनुहोस्‌, र मलाई सम्हाल्‍ने इच्‍छुक आत्‍मा दिनुहोस्‌। तब अपराधीहरूलाई म तपाईंका मार्गको शिक्षा दिनेछु, र पापीहरू तपाईंतर्फ फर्कनेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 51 पढ्नुहोस्

भजनसंग्रह 51:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्, तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्! मेरो सारा दुष्‍टतालाई धुनुहोस् र मेरा पापदेखि मलाई शुद्ध पार्नुहोस्! म मेरा दोषहरू मान्‍दछु, म सधैँ आफ्‍ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्‍नुहुन्‍छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्‍याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्‍दछु। गर्भमा मेरो रचना भएको दिनदेखि म दुष्‍ट रहेको छु, त्‍यही दिनदेखि म पापी भएको छु। तपाईंले सत्‍यता र इमानदार चाहनुहुन्‍छ, आफ्‍नो बुद्धिले मेरो मन भरिदिनुहोस्। मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु। हर्ष र आनन्‍दका आवाजहरू म सुन्‍न पाऊँ र तपाईंले मलाई चुर-चुर पार्नुभएको भए पनि म फेरि हर्षित हुनेछु। मेरा पापदेखि आफ्‍ना आँखा बन्‍द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्। हे परमेश्‍वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्‍मा ममा बसाल्‍नुहोस्। आफ्‍नो उपस्‍थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्‍मा नहटाउनुहोस्। तपाईंको मुक्तिबाट पाइने आनन्‍द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्‍ने इच्‍छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 51 पढ्नुहोस्

भजनसंग्रह 51:1-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, तपाईंको अचुक प्रेमअनुसार ममाथि दया गर्नुहोस्; तपाईंको महान् करुणाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्! मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्, र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्! किनकि मेरा अपराधहरू म जान्दछु; र मेरो पाप सधैँ मेरै सामु छ। मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु, अनि तपाईंको दृष्‍टिमा जे खराबी छ, मैले त्यही गरेको छु; यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ, र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ। निश्‍चय नै म जन्मँदै पापी थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। तपाईंले गर्भमै विश्‍वासयोग्यता चाहना गर्नुहुन्छ; तपाईंले मलाई त्यो गोप्य ठाउँमा बुद्धिका कुरा सिकाउनुहुन्छ। हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु; मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु। मलाई हर्ष र आनन्दका कुरा सुन्‍न दिनुहोस्; तपाईंले धुलोपिठो पार्नुभएका यी हड्डीहरू आनन्दित होऊन्! मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्! हे परमेश्‍वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्, र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्! तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्, र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्! तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्! तब म अपराधीहरूलाई तपाईंका मार्गहरू सिकाउनेछु, ताकि पापीहरू तपाईंतिर फर्केर आऊन्।

भजनसंग्रह 51:1-13 पवित्र बाइबल (NERV)

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दयालु कृपा-दृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्। परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्। मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्। म जान्दछु मैले पाप गरें। म सधैँ ती पापहरू देख्दछु। हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें। परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें म ती गल्तीहरू स्वीकार गर्दछु, ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ। तपाईंको निर्णयहरू निष्कपट छन्। पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन् अनि म पापमा नै जन्मेको थिएँ। हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्। विधिपूर्वक हिसप झारले मस्काएर मलाई शुद्ध पार्नुहोस्। जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्। मलाई खुशी पार्नुहोस्। बताउनुहोस् फेरि खुशी कसरी हुनु। तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्। मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्! हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्। मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्! तपाईंको सहयोगले मलाई खुशी पार्दछ। मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्। म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 51 पढ्नुहोस्

भजनसंग्रह 51:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्, तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्! मेरो सारा दुष्‍टतालाई धुनुहोस् र मेरा पापदेखि मलाई शुद्ध पार्नुहोस्! म मेरा दोषहरू मान्‍दछु, म सधैँ आफ्‍ना पापहरू थाहा पाउँछु। मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु र जे कुरा तपाईंले खराब मान्‍नुहुन्‍छ, ती गरेको छु। यसैले तपाईंले मेरो न्‍याय गर्नुभएको ठीक छ र मलाई दोषी ठहराउनुभएको उचित ठान्‍दछु। गर्भमा मेरो रचना भएको दिनदेखि म दुष्‍ट रहेको छु, त्‍यही दिनदेखि म पापी भएको छु। तपाईंले सत्‍यता र इमानदार चाहनुहुन्‍छ, आफ्‍नो बुद्धिले मेरो मन भरिदिनुहोस्। मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु, मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु। हर्ष र आनन्‍दका आवाजहरू म सुन्‍न पाऊँ र तपाईंले मलाई चुर-चुर पार्नुभएको भए पनि म फेरि हर्षित हुनेछु। मेरा पापदेखि आफ्‍ना आँखा बन्‍द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्। हे परमेश्‍वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्‍मा ममा बसाल्‍नुहोस्। आफ्‍नो उपस्‍थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्‍मा नहटाउनुहोस्। तपाईंको मुक्तिबाट पाइने आनन्‍द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्‍ने इच्‍छा दिनुहोस्। तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु र तिनीहरू तपाईंतर्फ फर्कनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 51 पढ्नुहोस्

भजनसंग्रह 51:1-13

भजनसंग्रह 51:1-13 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter