भजनसंग्रह 51
51
क्षमाको लागि प्रार्थना
1हे परमेश्वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्,
तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्!
2मेरो सारा दुष्टतालाई धुनुहोस्
र मेरा पापदेखि मलाई शुद्ध पार्नुहोस्!
3म मेरा दोषहरू मान्दछु,
म सधैँ आफ्ना पापहरू थाहा पाउँछु।
4 #
रोमी 3:4
मैले तपाईंको विरुद्धमा; तपाईंको विरुद्धमा मात्रै; पाप गरेको छु
र जे कुरा तपाईंले खराब मान्नुहुन्छ, ती गरेको छु।
यसैले तपाईंले मेरो न्याय गर्नुभएको ठीक छ
र मलाई दोषी ठहराउनुभएको उचित ठान्दछु।
5गर्भमा मेरो रचना भएको दिनदेखि म दुष्ट रहेको छु,
त्यही दिनदेखि म पापी भएको छु।
6तपाईंले सत्यता र इमानदार चाहनुहुन्छ,
आफ्नो बुद्धिले मेरो मन भरिदिनुहोस्।
7मेरो पाप हटाइदिनुहोस् र म शुद्ध हुनेछु,
मलाई धुनुहोस् र हिउँभन्दा सेतो हुनेछु।
8हर्ष र आनन्दका आवाजहरू म सुन्न पाऊँ
र तपाईंले मलाई चुर-चुर पार्नुभएको भए
पनि म फेरि हर्षित हुनेछु।
9मेरा पापदेखि आफ्ना आँखा बन्द गर्नुहोस्
र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्।
10हे परमेश्वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस्
र एउटा नयाँ र भक्तिको आत्मा ममा बसाल्नुहोस्।
11आफ्नो उपस्थितिदेखि मलाई नधपाउनुहोस्,
मबाट तपाईंको पवित्र आत्मा नहटाउनुहोस्।
12तपाईंको मुक्तिबाट पाइने आनन्द मलाई फेरि दिनुहोस्
र मलाई तपाईंको आज्ञा मान्ने इच्छा दिनुहोस्।
13तब म पापीहरूलाई तपाईंका आज्ञा सिकाउनेछु
र तिनीहरू तपाईंतर्फ फर्कनेछन्।
14मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस्
र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु।
15परमप्रभु! मलाई बोल्न सहायता गर्नुहोस्
र म तपाईंको प्रशंसा गर्नेछु।
16तपाईं बलिदान चाहनुहुन्न,
नत्र त म सो चढाउनेथिएँ,
होमबलिसँग तपाईं खुसी हुनुहुन्न।
17चुर्ण आत्मा नै मेरो बलिदान हो, हे परमेश्वर।
नम्र र पश्चात्तापी हृदयलाई तपाईं इन्कार गर्नुहुन्न।
18हे परमेश्वर! सियोनमाथि दयालु हुनुहोस् र त्यसलाई मद्दत गर्नुहोस्,
यरूशलेमका पर्खालहरू फेरि बनाउनुहोस्।
19तब उचित बलिदानहरूसँग तपाईं खुसी हुनुहुनेछ
र होमबलिहरूसँग सन्तुष्ट हुनुहुनेछ
र तपाईंको वेदीमा साँढे बलि चढाइनेछन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 51: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.