YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 50

50
साँचो आराधना
1परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुन्‍छ,
उहाँले पूर्वदेखि पश्‍चिमसम्‍म सारा पृथ्‍वीलाई बोलाउनुहुन्‍छ।
2सियोनबाट परमेश्‍वर चम्‍कनुहुन्‍छ,
त्‍यो सहर सम्‍पूर्ण सुन्‍दरताले भरिएको छ।
3हाम्रा परमेश्‍वर आउँदै हुनुहुन्‍छ,
तर उहाँ चुपचाप आउनुहुन्‍न,
उहाँको अघि दन्‍कने आगो छ
र उहाँको चारैपट्टि प्रचण्‍ड आँधी-बेहरी छ।
4आफ्‍ना प्रजाको न्‍याय गर्दा
उहाँले स्‍वर्ग र पृथ्‍वीलाई साक्षी बनेर हेर्न बोलाउनुहुन्‍छ।
5उहाँ भन्‍नुहुन्‍छ,
“मेरा विश्‍वासी प्रजा, जसले बलि चढाएर मसँग करार बाँधे,
तिनीहरूलाई मकहाँ भेला गर।”
6परमेश्‍वर धर्मी हुनुहुन्‍छ
र आफैं न्‍यायकर्ता हुनुहुन्‍छ भनी स्‍वर्गले घोषणा गर्दछ।
7हे मेरा प्रजा! म बोल्‍नेछु, तिमीहरू सुन,
हे इस्राएल! म तेरो विरुद्ध गवाही दिनेछु।
म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर!
8तैँले मकहाँ सधैँ चढाएका होमबलि र बलिदानहरूका कारण,
म तँलाई हप्‍काउँदिनँ।
9तर मलाई तेरा गोठबाट साँढे
वा बगालबाट बोका चाहिँदैन।
10जङ्गलका सबै जनावरहरू मेरा हुन्
र हजारौं डाँडाका गाई-वस्‍तु।
11सबै जङ्गली पक्षीहरू मेरा हुन्
र मैदानमा भएका सबै जीवित प्राणीहरू।
12“म भोकाएको छु भने पनि तँलाई भन्‍नेछैनँ
किनभने सारा संसार र त्‍यसमा भएका हरचीज मेरा हुन्।
13के म साँढेको मासु खाऊँ?
वा बोकाको रगत पिऊँ?
14तेरो धन्‍यवाद नै परमेश्‍वरलाई चढाएको बलिदान होस्।
तैँले जे कुराको प्रतिज्ञा गरेको छस्, ती सबै सर्वशक्तिमान्‌लाई दे।
15तँलाई दु:ख-कष्‍ट पर्दा मलाई पुकार्‌,
म तँलाई बचाउनेछु
र तैँले मेरो प्रशंसा गर्नेछस्।”
16तर परमेश्‍वरले दुष्‍टहरूलाई भन्‍नुहुन्‍छ,
तिमीहरूले मेरा आज्ञाहरू किन सुनाउनुपर्छ?
मेरो करारबारे किन बोल्‍नुपर्छ?
17मैले तिमीहरूलाई सोझो पार्न अर्ती दिएको तिमीहरू मान्‍दैनौ,
मेरा आज्ञाहरू अस्‍वीकार गर्छौ।
18आफूले भेटेको हरेक चोरलाई साथी बनाउँछौ
र व्‍यभिचारीहरूसँग सम्‍बन्‍ध राख्‍छौ।
19झूटो बोल्‍न अप्‍ठेरो मान्‍दैनौ
र खराब कुरा गर्न सधैँ तयार छौ।
20तिमीहरू आफ्‍नै दाजुभाइहरूलाई दोष दिन तयार छौ
र तिनीहरूका भुल खोज्‍न तयार हुन्‍छौ।
21तिमीहरूले यी सबै गरेका छौ र पनि मैले केही भनेको छैनँ,
त्‍यसैले तिमीहरूले सोच्‍यौ कि म पनि तिमीहरूजस्‍तै छु।
तर म अब तिनीहरूलाई हप्‍काउँछु
र सबै कुरा सरल गरी बुझाउँछु।
22“तिमीहरू, जसले मलाई वास्‍ता गरेका छैनौ, मेरा यी कुराहरू सुन,
नत्र म तिमीहरूलाई नाश पार्नेछु
र तिमीहरूलाई बचाउने कोही हुनेछैन।
23धन्‍यवाद दिनु नै मलाई आदर दिने बलिदान हो
र मेरा आज्ञा मान्‍नेहरू सबैलाई म निश्‍चय बचाउनेछु।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 50: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्