म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्नुहुन्छ। तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ। हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्। किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ। हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्! मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्! मलाई “खुच्चिङ! खुच्चिङ!” भन्नेहरू सबै लाजले गर्दा व्याकुल होऊन्। तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!” तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।
भजनसंग्रह 40 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 40:9-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू