YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:9-17

भजनसंग्रह 40:9-17 सरल नेपाली

हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंले हामीलाई बचाउनुहुन्‍छ भनेर शुभ-खबर सुनाएँ। यो खबर भन्‍न म कहिल्‍यै रोकिनेछैनँ भनी तपाईं जान्‍नुहुन्‍छ। मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्‍वासयोग्‍यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्‍वासयोग्‍यता र अटुट प्रेमको बारेमा भन्‍नलाई मैले मुख खोलेको छु। परमप्रभु! म जान्‍दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्‍यै छोड्‍नुहुन्‍न, तपाईंको प्रेम र विश्‍वासयोग्‍यताले मलाई कुशलसाथ सधैँ राख्‍नेछन्। मलाई धेरै कष्‍टहरूले घेरेका छन्, ती गन्‍न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्‍न सक्‍दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्! ज-जसले मलाई मार्न खोज्‍छन्, तिनीहरूको हार होस् र तिनीहरू अन्‍योलमा परून्। मलाई कष्‍ट परेकोले जति जना खुसी भएका छन्, तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्। मलाई खिसी गर्नेहरू आफ्‍नै हारमा व्‍याकुल होऊन्। तपाईंकहाँ आउने सबै जना आनन्‍दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्‍ति धन्‍यवाद मान्‍ने सबैले सधैँ यस्‍तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्‍छ!” म कमजोर र गरीब छु, हे प्रभु! तर तपाईंले मलाई भुल्‍नुहुनेछैन। तपाईं मेरो उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो सहायताको निम्‍ति चाँडो आउनुहोस्!

भजनसंग्रह 40 पढ्नुहोस्