YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:9-17

भजनसंग्रह 40:9-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्‍द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ। तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्‍वस्‍तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्‍दछु। तपाईंको प्रेम र तपाईंको सत्‍यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्‍नो कृपा मदेखि नरोक्‍नुहोस्‌। तपाईंको प्रेम र तपाईंको सत्‍यताले मलाई निरन्‍तर रक्षा गरोस्‌। किनकि अनगन्‍ती कष्‍टहरूले मलाई घेरेका छन्‌, मेरा अपराधहरूले मलाई यतिसम्‍म दबाएका छन्‌, कि म देख्‍न पनि सक्‍दिनँ। ती मेरा शिरका केशभन्‍दा बढ़ी छन्‌, अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्‌। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌ मेरो प्राण लिन खोज्‍नेहरू सबै लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌। मेरो ठट्ठा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌। तर जस-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमप्रभुको नाउँ उच्‍च होस्‌।” तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्‌। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ, हे मेरा परमेश्‍वर, विलम्‍ब नगर्नुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्

भजनसंग्रह 40:9-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्‍नुहुन्छ। तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्‍वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ। हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्। किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ। हे याहवेह, मलाई बचाउन प्रसन्‍न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्! मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्! मलाई “खुच्‍चिङ! खुच्‍चिङ!” भन्‍नेहरू सबै लाजले गर्दा व्याकुल होऊन्। तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!” तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्‍वर, ढिलो नगर्नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्

भजनसंग्रह 40:9-17 पवित्र बाइबल (NERV)

मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन! हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ, मैले ती कुराहरू हृदयमा लुकाई राखिनँ। परमप्रभु, मैले मानिसहरूलाई भनें तिनीहरू बाँच्नलाई तपाईंमाथि आश्रित हुन सक्छन्। मैले तपाईंको विश्वस्तता र अनुग्रहलाई सभामा मानिसहरूबाट लुकाइनँ। यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।” दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु। हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्! ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्। हे परमप्रभु, ती मानिसहरूलाई लज्जित र निराश बनाई दिनुहोस्। तिनीहरूले मलाई कष्ट दिन चाहन्छन्, तिनीहरूलाई लज्जित बनाएर भगाउनु होस्! ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्। तिनीहरू बोल्नलाई पनि संकोच होस्! तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन। तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।” हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ, मलाई सहायता गर्नुहोस्। मलाई रक्षा गर्नु होस्। हे मेरो परमेश्वर, विलम्ब नगर्नु होस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्

भजनसंग्रह 40:9-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंले हामीलाई बचाउनुहुन्‍छ भनेर शुभ-खबर सुनाएँ। यो खबर भन्‍न म कहिल्‍यै रोकिनेछैनँ भनी तपाईं जान्‍नुहुन्‍छ। मुक्तिको शुभ-खबर मैले आफैंले मात्र लुकाइराखेको छैनँ, तपाईंको विश्‍वासयोग्‍यता र सहायताबारे मैले सधैँ बोलेको छु। तपाईंका सारा प्रजा भेला भएको सभामा तपाईंका विश्‍वासयोग्‍यता र अटुट प्रेमको बारेमा भन्‍नलाई मैले मुख खोलेको छु। परमप्रभु! म जान्‍दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्‍यै छोड्‍नुहुन्‍न, तपाईंको प्रेम र विश्‍वासयोग्‍यताले मलाई कुशलसाथ सधैँ राख्‍नेछन्। मलाई धेरै कष्‍टहरूले घेरेका छन्, ती गन्‍न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्‍न सक्‍दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु। मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्! ज-जसले मलाई मार्न खोज्‍छन्, तिनीहरूको हार होस् र तिनीहरू अन्‍योलमा परून्। मलाई कष्‍ट परेकोले जति जना खुसी भएका छन्, तिनीहरू पछि हटून् र तिनीहरूको बदनाम होस्। मलाई खिसी गर्नेहरू आफ्‍नै हारमा व्‍याकुल होऊन्। तपाईंकहाँ आउने सबै जना आनन्‍दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्‍ति धन्‍यवाद मान्‍ने सबैले सधैँ यस्‍तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्‍छ!” म कमजोर र गरीब छु, हे प्रभु! तर तपाईंले मलाई भुल्‍नुहुनेछैन। तपाईं मेरो उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो सहायताको निम्‍ति चाँडो आउनुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 40 पढ्नुहोस्