म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ। तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ। हे परमप्रभु, आफ्नो कृपा मदेखि नरोक्नुहोस्। तपाईंको प्रेम र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरोस्। किनकि अनगन्ती कष्टहरूले मलाई घेरेका छन्, मेरा अपराधहरूले मलाई यतिसम्म दबाएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढ़ी छन्, अनि मेरो हृदय हताश भएको छ। हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस् मेरो प्राण लिन खोज्नेहरू सबै लाज र अन्योलमा परून्। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन् र अपमानित होऊन्। मेरो ठट्ठा उड़ाउनेहरू आफ्नै लाजले गर्दा व्याकुल होऊन्। तर जस-जसले तपाईंलाई खोज्छन्, ती सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, “परमप्रभुको नाउँ उच्च होस्।” तर म त गरीब र दरिद्र छु। परमप्रभुले मेरो विचार गरून्। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्छ, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्।
भजनसंग्रह 40 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 40
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 40:9-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू