YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 36:5-8

भजनसंग्रह 36:5-8 NCV

हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ, तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ। तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्; तपाईंको न्याय गहिरो समुद्रजस्तै छ। हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ। हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्। तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्; तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।

भजनसंग्रह 36 पढ्नुहोस्