YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 36:5-8

भजनसंग्रह 36:5-8 NNRV

हे परमप्रभु, तपाईंको कृपा स्‍वर्गैसम्‍म फैलिएको छ, तपाईंको विश्‍वसनीयता आकाशसम्‍मै। तपाईंको धार्मिकता विशाल पहाड़हरूजस्‍तै छ, तपाईंको न्‍याय अगाध समुद्रजस्‍तै छ। हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्‍नुहुन्‍छ। तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्‍तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्‌। तपाईंका भवनको प्रचुरताबाट तिनीहरूले भोज गर्छन्‌, र तपाईंको सुख-चैनको नदीबाट तपाईंले तिनीहरूलाई पियाउनुहुन्‍छ।