YouVersion लोगो
खोज आइकन

हितोपदेश 9:1-6

हितोपदेश 9:1-6 NCV

बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ। त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ। त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ। “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छ: “आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ। आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड।

हितोपदेश 9 पढ्नुहोस्