YouVersion लोगो
खोज आइकन

हितोपदेश 9:1-6

हितोपदेश 9:1-6 सरल नेपाली

बुद्धिले आफ्‍नै घर बनाएको छ र त्‍यसमा सात खामाहरू लाएको छ। भोजको निम्‍ति त्‍यसले एउटा पशु मारेको छ, दाखमद्यमा मसला मिसाएको छ र भोज तयार पारेको छ। सहरका अग्‍लाअग्‍ला ठाउँबाट यसो भन्‍नलाई त्‍यसले आफ्‍ना चाकर्नीहरू पठाएको छ, “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई त्‍यसले यसो भन्‍छ, “आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ। निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।”

हितोपदेश 9 पढ्नुहोस्