निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्ट छन्, तिनीहरू अचानक पतन हुनेछन्। आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्। विश्वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन। पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ। लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्ने त्यसलाई थाहै हुँदैन। कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्त गर्नेछ। आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो। लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्नति गर्छ। आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।
हितोपदेश 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 28:18-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू