YouVersion लोगो
खोज आइकन

हितोपदेश 28:18-26

हितोपदेश 28:18-26 सरल नेपाली

इमानदार मानिस सधैँ सुरक्षित रहन्‍छ तर बेइमानी अचानक लड्दछ। परिश्रमी किसानसित प्रशस्‍त खाने अन्‍न हुन्‍छ। तर समय खेर फाल्‍ने मानिसहरू सधैँ दरिद्र रहन्‍छन्। इमानदार मानिसहरूले फलिफाप र खुसी जीवन बिताउनेछन् तर छिट्टै धनी हुन खोज्‍नेले दण्‍ड भोग्‍नुपर्नेछ। पक्षपात गर्नु ठीक होइन तर केही न्‍यायाधीशहरूले अलिकता घुसले न्‍याय बिर्गादछन्। स्‍वार्थी मानिसहरू धनी बन्‍न यति हतारिन्‍छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन। कसैलाई हकारेर सुधार्नेले त्‍यसलाई सर्काउनेले भन्दा धेरै धन्‍यवाद पाउँदछ। आफ्‍ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्‍ने साधारण चोरजस्‍तै हो। लोभी मानिसले झगडा लाउँछ, बरु परमप्रभुमाथि भरोसा गर्नाले फलिफाप हुन्‍छ। आफ्‍नै बुद्धिमा मात्र हिँड्‍नु मूर्खता हो, आफूभन्दा बुद्धिमान् मानिसहरूको अर्तीमा हिँडेर आफैंलाई सुरक्षित राख।

हितोपदेश 28 पढ्नुहोस्