YouVersion लोगो
खोज आइकन

हितोपदेश 28:18-26

हितोपदेश 28:18-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जसको हिँड़ाइ निर्दोष छ, त्‍यो सुरक्षित रहन्‍छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्‌। आफ्‍नो जमिन खनजोत गर्नेको प्रशस्‍त भोजन हुनेछ, तर कल्‍पनाको पछि दौड्‌नेहरू दरिद्रताले भरिन्‍छन्‌। विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन। पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ। कन्‍जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्‍यसलाई प्रतीक्षा गरिराखेको छ भन्‍ने त्‍यसलाई थाहै हुँदैन। फुर्क्‍याउने जिब्रो भएकोले भन्‍दा हप्‍काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्‍त गर्नेछ। आफ्‍नो बुबा वा आमालाई लुटेर “यो गल्‍ती होइन” भन्‍ने छोरा बरबाद पार्नेको साझेदार हो। लोभी मानिसले कलह मच्‍चाउँछ, तर परमप्रभुमा भरोसा राख्‍ने मानिसको फलिफाप हुन्‍छ। आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्

हितोपदेश 28:18-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इमानदार मानिस सधैँ सुरक्षित रहन्‍छ तर बेइमानी अचानक लड्दछ। परिश्रमी किसानसित प्रशस्‍त खाने अन्‍न हुन्‍छ। तर समय खेर फाल्‍ने मानिसहरू सधैँ दरिद्र रहन्‍छन्। इमानदार मानिसहरूले फलिफाप र खुसी जीवन बिताउनेछन् तर छिट्टै धनी हुन खोज्‍नेले दण्‍ड भोग्‍नुपर्नेछ। पक्षपात गर्नु ठीक होइन तर केही न्‍यायाधीशहरूले अलिकता घुसले न्‍याय बिर्गादछन्। स्‍वार्थी मानिसहरू धनी बन्‍न यति हतारिन्‍छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन। कसैलाई हकारेर सुधार्नेले त्‍यसलाई सर्काउनेले भन्दा धेरै धन्‍यवाद पाउँदछ। आफ्‍ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्‍ने साधारण चोरजस्‍तै हो। लोभी मानिसले झगडा लाउँछ, बरु परमप्रभुमाथि भरोसा गर्नाले फलिफाप हुन्‍छ। आफ्‍नै बुद्धिमा मात्र हिँड्‍नु मूर्खता हो, आफूभन्दा बुद्धिमान् मानिसहरूको अर्तीमा हिँडेर आफैंलाई सुरक्षित राख।

हितोपदेश 28:18-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्। आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्। विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन। पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ। लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन। कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ। आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो। लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ। आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 28 पढ्नुहोस्

हितोपदेश 28:18-26 पवित्र बाइबल (NERV)

यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ। एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ। एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ। न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्। एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ। चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ। एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो। एकजना लोभि मानिसले झगडा़ उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले उन्नति गर्छ। जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।