YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 28:18-26

हितोपदेशको पुस्तक 28:18-26 NERV

यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ। एकजना मानिस जसले आफ्नो जमीनमा काम गर्छ उसँग खाने कुरा प्रशस्त हुन्छ, तर जसले आफ्नो समय संसारको कल्पनामा विताउँछ, ऊ सधैँ गरीब नै रहन्छ। एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ। न्यायधीश पक्षपाती हुनु हुँदैन तर मानिसहरूले एउटा सानो रोटीको टुक्राको निम्ति पनि कुकर्म गर्छन्। एकजना लोभि मानिस चाँडै नै धनी हुन खोज्छ, उसले यो बुझ्न सक्दैन कि उसको लोभले उसलाई गरीबीको झन झनै नजिक तानिरहेको हुन्छ। चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ। एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो। एकजना लोभि मानिसले झगडा़ उठाउँछ, तर जुन मानिसको परमप्रभुमाथि भरोसा छ उसले उन्नति गर्छ। जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ।