जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्। आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौड्नेहरू दरिद्रताले भरिन्छन्। विश्वसनीय मानिसले बेसरी आशिष् पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्डविना रहनेछैन। पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ। कन्जुस मानिस धनी हुने लालसा गर्छ, र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन। फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ। आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो। लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ। आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।
हितोपदेश 28 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 28
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 28:18-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू