YouVersion लोगो
खोज आइकन

नहूम 1:7-15

नहूम 1:7-15 NCV

याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ, तर उहाँले उर्लंदो बाढीले निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ। तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रो पल्ट फेरि आउनेछैन। तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्। हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने, र खराब सल्‍लाह दिने एक जना निस्केर आएको छ। याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनि अब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ। अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।” हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। म तेरा देवताहरूका मन्दिरमा भएका तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्।” हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने एउटा मानिसका पाउहरू, जसले शान्तिको प्रचार गर्दछ! हे यहूदा, तेरा चाडहरू मना, र आफ्ना भाकलहरू पूरा गर्। दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।

नहूम 1 पढ्नुहोस्