परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ। तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै नष्ट पार्नु हुन्छ। उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ। के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ। भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै, तिमीहरू ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरू जस्तै तिमी झट्टै नष्ट हुनेछौ। हे अश्शूर! एउटा मानिस तिमीहरूबाट आएकोछ। त्यसले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ, अनि खराब सल्लाह दिएकोछ। परमप्रभुले यहूदासँग भन्नु हुन्छ, “अश्शूरका मानिसहरू अत्यन्तै शक्तिशाली छन्। तिनीहरूका सैनिकहरू अनगन्ती छन्, तर तिनीहरू काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिएँ, तर अब म तिमीहरूलाई अरू बेशी कष्ट पैदा गर्नेछैन। म अब तिमीहरूलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चक्कानाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।” हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन। तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति, जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु, किनकि तिम्रो अन्तिम क्षण आउँदैछ। हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, “त्यहाँ शान्ति छ।” यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरू ध्वंश पारिनेछन्।
नहूमको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहूमको पुस्तक 1:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू