परमप्रभु भलो हुनुहुन्छ, कष्टको समयमा उहाँ आश्रय हुनुहुन्छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्ता गर्नुहुन्छ। तर उर्लंदो बाढले झैँ उहाँले आफ्ना शत्रुहरूलाई पूरै नाश गर्नुहुन्छ, आफ्ना विरोधीहरूलाई उहाँले मृत्युको मुखमा हालिदिनुहुन्छ। परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्ट उहाँको सामना गर्न सक्दैन। गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो! तिमीहरू आगोमा डढेर भस्म पारिनेछौ। हे निनवे, दुष्ट जुक्तिहरू लिएर एक जना मानिस तँबाट निस्किआयो र त्यसले परमप्रभुको विरुद्धमा जाल रच्यो। परमप्रभुले आफ्ना प्रजा इस्राएललाई यसो भन्नुहुन्छ, “अश्शूरीहरू बलिया र सङ्ख्यामा धेरै भए पनि तिनीहरू नष्ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्ट दिएँ तर म फेरि त्यसो गर्नेछैनँ। अब म तिमीहरूमाथि भएको अश्शूरीहरूको शक्ति शेष गर्नेछु र तिमीहरूलाई बाँधेका सङ्लाहरू चुँडाइदिनेछु।” अश्शूरीहरूबारे परमप्रभुले यस्तो हुकुम दिनुभएको छ, “तिनीहरूको कोही सन्तान रहनेछैन र तिनीहरूको नाम मेटिनेछ। तिनीहरूका देवताहरूका मन्दिरहरूमा भएका मूर्तिहरू म नाश पार्नेछु। अश्शूरीहरूको निम्ति म एउटा चिहान तयार पार्दै छु किनभने तिनीहरू बाँच्न योग्य छैनन्।” हेर, खुसीको खबर ल्याएर पहाड पार गरी एउटा सन्देशवाहक आउँदै छ। त्यो सुख-शान्तिको खबर सुनाउन आउँदै छ। हे यहूदाका मानिसहरू हो! तिमीहरू आफ्ना चाड-पर्वहरू मनाओ र भाकलअनुसार परमेश्वरलाई भेटी चढाओ। ती दुष्टहरूले फेरि कहिल्यै तिमीहरूका देशमाथि हमला गर्नेछैनन्। तिनीहरू पूरा गरी नष्ट भएका छन्!
नहूम 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहूम 1:7-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू