YouVersion लोगो
खोज आइकन

नहूम 1:7-15

नहूम 1:7-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ। तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूलाई अन्‍धकारमा खेदिपठाउनुहुनेछ। परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन। उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌। हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्‍लाह दिने एक जना निस्‍केको छ। परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्‍ती छन्‌ तापनि उनीहरू बहिष्‍कृत हुनेछन्, र बितिजानेछन्‌। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ। अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।” हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।” हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:7-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ, तर उहाँले उर्लंदो बाढीले निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ। तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रो पल्ट फेरि आउनेछैन। तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्। हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने, र खराब सल्‍लाह दिने एक जना निस्केर आएको छ। याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनि अब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ। अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।” हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। म तेरा देवताहरूका मन्दिरमा भएका तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्।” हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने एउटा मानिसका पाउहरू, जसले शान्तिको प्रचार गर्दछ! हे यहूदा, तेरा चाडहरू मना, र आफ्ना भाकलहरू पूरा गर्। दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:7-15 पवित्र बाइबल (NERV)

परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ। तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै नष्ट पार्नु हुन्छ। उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ। अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ। के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ। भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै, तिमीहरू ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरू जस्तै तिमी झट्टै नष्ट हुनेछौ। हे अश्शूर! एउटा मानिस तिमीहरूबाट आएकोछ। त्यसले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ, अनि खराब सल्लाह दिएकोछ। परमप्रभुले यहूदासँग भन्नु हुन्छ, “अश्शूरका मानिसहरू अत्यन्तै शक्तिशाली छन्। तिनीहरूका सैनिकहरू अनगन्ती छन्, तर तिनीहरू काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिएँ, तर अब म तिमीहरूलाई अरू बेशी कष्ट पैदा गर्नेछैन। म अब तिमीहरूलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चक्कानाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।” हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ, तिम्रो नाउँ राख्नलाई तिम्रो कुनै सन्तान रहनेछैन। तिम्रो खोपेको अनि धातुले बनाएको मुर्ति, जुन तिम्रो देवताको मन्दिरमा राखिएको छन्, म ती सबै ध्वंश पार्नेछु। म तिम्रा निम्ति चिहान बनाउँदैछु, किनकि तिम्रो अन्तिम क्षण आउँदैछ। हेर यहूदा! पहाडमाथिबाट त्यहाँ कोही आउँदैछ। हेर, कसैले सुसमचार लिएर आउँदैछ। हेर, त्यले भन्दैछ, “त्यहाँ शान्ति छ।” यहूदा तिमी आफ्नो बिशेष भोज मनाऊ। यहूदा तिमी आफ्नो भाकल पुरा गर। फेरि दुष्टटले तिमीमाथि आक्रमण गर्नेछैनन्। ती सबै दुष्टहरू ध्वंश पारिनेछन्।

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:7-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भलो हुनुहुन्‍छ, कष्‍टको समयमा उहाँ आश्रय हुनुहुन्‍छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्‍ता गर्नुहुन्‍छ। तर उर्लंदो बाढले झैँ उहाँले आफ्‍ना शत्रुहरूलाई पूरै नाश गर्नुहुन्‍छ, आफ्‍ना विरोधीहरूलाई उहाँले मृत्‍युको मुखमा हालिदिनुहुन्‍छ। परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्‍दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्‍ट उहाँको सामना गर्न सक्‍दैन। गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो! तिमीहरू आगोमा डढेर भस्‍म पारिनेछौ। हे निनवे, दुष्‍ट जुक्‍तिहरू लिएर एक जना मानिस तँबाट निस्‍किआयो र त्‍यसले परमप्रभुको विरुद्धमा जाल रच्‍यो। परमप्रभुले आफ्‍ना प्रजा इस्राएललाई यसो भन्‍नुहुन्‍छ, “अश्‍शूरीहरू बलिया र सङ्ख्‍यामा धेरै भए पनि तिनीहरू नष्‍ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्‍ट दिएँ तर म फेरि त्‍यसो गर्नेछैनँ। अब म तिमीहरूमाथि भएको अश्‍शूरीहरूको शक्ति शेष गर्नेछु र तिमीहरूलाई बाँधेका सङ्लाहरू चुँडाइदिनेछु।” अश्‍शूरीहरूबारे परमप्रभुले यस्‍तो हुकुम दिनुभएको छ, “तिनीहरूको कोही सन्‍तान रहनेछैन र तिनीहरूको नाम मेटिनेछ। तिनीहरूका देवताहरूका मन्‍दिरहरूमा भएका मूर्तिहरू म नाश पार्नेछु। अश्‍शूरीहरूको निम्‍ति म एउटा चिहान तयार पार्दै छु किनभने तिनीहरू बाँच्‍न योग्‍य छैनन्।” हेर, खुसीको खबर ल्‍याएर पहाड पार गरी एउटा सन्‍देशवाहक आउँदै छ। त्‍यो सुख-शान्‍तिको खबर सुनाउन आउँदै छ। हे यहूदाका मानिसहरू हो! तिमीहरू आफ्‍ना चाड-पर्वहरू मनाओ र भाकलअनुसार परमेश्‍वरलाई भेटी चढाओ। ती दुष्‍टहरूले फेरि कहिल्‍यै तिमीहरूका देशमाथि हमला गर्नेछैनन्। तिनीहरू पूरा गरी नष्‍ट भएका छन्!

शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्

नहूम 1:7-15

नहूम 1:7-15 NNRVनहूम 1:7-15 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter