YouVersion लोगो
खोज आइकन

नहूम 1:7-15

नहूम 1:7-15 - परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ। तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूलाई अन्‍धकारमा खेदिपठाउनुहुनेछ।
परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन। उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌। हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्‍लाह दिने एक जना निस्‍केको छ।
परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्‍ती छन्‌ तापनि उनीहरू बहिष्‍कृत हुनेछन्, र बितिजानेछन्‌। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ। अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”
हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।”
हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।

परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ। तर उहाँले उर्लंदो भलले निनवेलाई खतम गर्नुहुनेछ। उहाँले आफ्‍ना शत्रुहरूलाई अन्‍धकारमा खेदिपठाउनुहुनेछ। परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन। उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌। हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्‍लाह दिने एक जना निस्‍केको छ। परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्‍ती छन्‌ तापनि उनीहरू बहिष्‍कृत हुनेछन्, र बितिजानेछन्‌। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ। अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।” हे निनवे, परमप्रभुले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ: “अब उप्रान्‍त तेरो नाउँ कायम राख्‍ने तेरो कोही सन्‍तान हुनेछैन। तेरा देवताहरूको मन्‍दिरमा कुँदिएका र ढालेर बनाएका मूर्तिहरू म सर्वनाश गर्नेछु। म तेरो चिहान तयार पार्नेछु, किनकि तँ दुष्‍ट छस्‌।” हेर, सुसमाचार ल्‍याउने र शान्‍ति घोषणा गर्ने जनका खुट्टाहरू पहाड़हरूमा छन्‌। हे यहूदा, तिमीले आफ्‍ना चाड़हरू मनाओ, आफ्‍ना भाकलहरू पूरा गर। दुष्‍टहरूले अब उप्रान्‍त तिमीलाई आक्रमण गर्नेछैनन्‌। उनीहरू सम्‍पूर्ण रूपले सर्वनाश हुनेछन्‌।

नहूम 1:7-15

नहूम 1:7-15