एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए। अनि उहाँका केही चेलाहरूले अशुद्ध हात अर्थात् नधोइएका हातहरूले भोजन खाइरहेका देखे। (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्। जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्ने जस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।) यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?” उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए; जस्तो लेखिएको छ: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि टाढो छ। तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’ तिमीहरू परमेश्वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’ तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुरबान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भनेर, अनि तिमीहरू त्यसलाई आफ्नो बुबा वा आमाको लागि केही गर्न दिँदैनौ। यसरी तिमीहरूले आफ्नो चलिआएको परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। अनि तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
मर्कूस 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू