यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूका चारैतिर भेला भए। येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात् नधोएको हातले खाएका तिनीहरूले देखे। फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्पराअनुसार हात नधोई भोजन खाँदैनन्। बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्परा मान्दछन्, अर्थात् कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्परा। तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्परामा किन चल्दैनन्, तर अशुद्ध हातले खान्छन्?” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’ तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ। किनभने मोशाले भनेका छन्, ‘आफ्ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनैपर्छ।’ यदि कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो,’ (अर्थात् परमेश्वरलाई चढ़ाइएको) भन्छ भने, तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछौ। अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ।”
मर्कूस 7 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू