यरूशलेम सहरबाट आएका फरिसी र धर्म-गुरुहरू येशूको वरिपरि भेला भए। अनि येशूका कुनै-कुनै चेलाहरूले हात नधोई खाइरहेका तिनीहरूले देखे। अर्थात् ती चेलाहरूले इस्राएलीहरूका रीतिथितिअनुसार हात चोख्याउने काम नगरी खाइरहेका थिए किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्याई खाँदैनन्। बजारबाट आएपछि पनि तिनीहरूले आफूलाई नचोख्याई केही खाँदैनन् अनि अरू धेरै रीतिथितिहरू पनि मान्छन्, जस्तै: थाल, बटुका, भाँडा-कुँडा पनि नचोख्याई चलाउँदैनन्। त्यसैकारण फरिसी र धर्म-गुरुहरूले येशूलाई सोधे, “किन तपाईंका चेलाहरू पुर्खाको चलनलाई नमानेर हातै नचोख्याई खान्छन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “यशैया अगमवक्ताले लेखेका यो कुरा तिमी कपटीहरूलाई ठ्याक्कै मिल्छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्, तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’ साँच्चै तिमीहरूले परमेश्वरका धार्मिक आज्ञालाई पन्छ्याएर मानिसहरूको रीतिथिति पो मान्छौ।” येशूले अझै भन्नुभयो, “अँ, तिमीहरू कति सिपालु भएर आफ्ना रीतिथिति चलाउन परमेश्वरको आज्ञालाई पन्छ्याइराख्छौ। जस्तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्– ‘आफ्ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्ना आमा-बुबालाई सराप्नेलाई चाहिँ ज्यान सजाय दिनू।’ तर तिमीहरूले भने यस्ता कुरा सिकाउँदा रहेछौ– कसैले आफ्नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्वरलाई नै चढाइसकें’ भन्यो भने त्यसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्यसलाई रोक्छौ! यसरी तिमीहरू आफ्ना रीतिथितितिर लागेर परमेश्वरको आज्ञालाई बेकामको ठान्छौ अनि त्यस्ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”
मर्कूस 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू