YouVersion लोगो
खोज आइकन

मर्कूस 6:1-6

मर्कूस 6:1-6 NCV

येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो। शब्बाथ आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्‍नेहरू धेरै जना छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्‍लेखनीय छन्? के यो सिकर्मी होइन? के यो मरियमको छोरा, र याकोब, योसेफ, यहूदा र सिमोनको दाजु होइन? के यसका बहिनीहरू यहाँ हामीसित छैनन्?” अनि तिनीहरू उहाँसित चिढिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन” उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन। उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो।

मर्कूस 6 पढ्नुहोस्