YouVersion लोगो
खोज आइकन

मर्कूस 6:1-6

मर्कूस 6:1-6 NNRV

त्‍यहाँबाट निस्‍केर उहाँ आफ्‍नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्‍नुभयो। धेरै जना सुन्‍नेहरूले छक्‍क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्‍तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? के यिनी त्‍यही सिकर्मी होइनन्‌ र? के यिनी त मरियमका छोरा तथा याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन्‌ र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन्‌ र?” अनि तिनीहरू उहाँसँग चिढ़िए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नो देश र आफ्‍नो नातादारहरूका बीचमा र आफ्‍नै घरमा बाहेक अन्‍त कहीँ अनादर हुँदैन।” र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन। तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।