त्यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्ने धेरै मानिसहरूले छक्क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्यो हँ? कस्तो बुद्धि पाएछ! कसरी यस्ता अचम्मका कामहरू गर्न सक्छ? यो त्यही मरियमको छोरो सिकर्मी होइन र? के यो याकूब, योसेफ, यहूदा र सिमोनको दाजु होइन र? उसका बहिनीहरू पनि त यहीं नै छन्!” यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन्। अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।” त्यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्मका कामहरू गर्न सक्नुभएन। आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू