YouVersion लोगो
खोज आइकन

लूका 7:18-22

लूका 7:18-22 NCV

यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर, तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?” ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ” ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो। त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्‍नालाई बताओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।

लूका 7 पढ्नुहोस्