यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?” त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?” त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।
लूकाको सुसमाचार 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 7:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू