YouVersion लोगो
खोज आइकन

लूका 7:18-22

लूका 7:18-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यूहन्‍नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यूहन्‍नाले प्रभुकहाँ यो सोध्‍न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?” जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?” त्‍यसै बेला येशूले धेरैलाई रोग, व्‍यथा र दुष्‍टात्‍माहरूबाट छुटाउनुभयो, र धेरै अन्‍धाहरूलाई दृष्‍टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:18-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर, तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?” ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ” ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो। त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्‍नालाई बताओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:18-22 पवित्र बाइबल (NERV)

यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?” त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?” त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्

लूका 7:18-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यूहन्‍नाका चेलाहरूले पनि येशूले गर्नुभएका यी सबै कुरा आफ्‍ना गुरुलाई सुनाए अनि यूहन्‍नाले आफ्‍ना दुई चेलाहरूलाई बोलाएर प्रभु येशूकहाँ यसो भनी सोध्‍न पठाए, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्‍तिस्‍मा दिने यूहन्‍नाले हामीलाई सोध्‍न पठाएका हुन्।” त्‍यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्‍थ्‍यो र धेरै अन्‍धाहरू पनि देख्‍ने भए। येशूले यूहन्‍नाका चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्‍यही कुरा नै यूहन्‍नालाई भनिदेओ– अन्‍धाहरूले देख्‍दै छन्, लङ्गडाहरू हिँड्‍न सक्‍छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्‍दै छन्, मरेकाहरू बिउँतन्‍छन् र दु:खी-गरीबहरूले परमेश्‍वरको सुसमाचार सुन्‍न पाउँदै छन्।

शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्