YouVersion लोगो
खोज आइकन

लूका 7:18-22

लूका 7:18-22 NNRV

यूहन्‍नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यूहन्‍नाले प्रभुकहाँ यो सोध्‍न पठाए, “जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?” जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई यो सोध्‍न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्‍छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?” त्‍यसै बेला येशूले धेरैलाई रोग, व्‍यथा र दुष्‍टात्‍माहरूबाट छुटाउनुभयो, र धेरै अन्‍धाहरूलाई दृष्‍टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, र जे तिमीहरूले देख्‍यौ र सुन्‍यौ, गएर यूहन्‍नालाई भनिदेओ, अर्थात्‌ अन्‍धाहरूले दृष्‍टि पाउँछन्, लङ्गड़ाहरू हिँड्‌छन्, कुष्‍ठरोगीहरू निको हुन्‍छन्, बहिराहरू सुन्‍छन्, मृतकहरू जीवित भई उठ्‌छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्‍छ।