त्यस समय यरूशलेममा शिमियोन नाउँ गरेका एकजना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। प्रभुका ख्रीष्टलाई देख्नुभन्दा अघि तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा उनलाई प्रकट गरिएको थियो। त्यस दिन आत्माद्वारा डोर्याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाले मागेअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने: “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्, जो तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार पार्नुभएको छ, सबै जातिहरूलाई प्रकाशको निम्ति र तपाईंका जाति इस्राएललाई महिमाको निम्ति ज्योति।” अनि बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरामा छक्क परे। त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाको पतन र उत्थानको कारण ठहरिनुहुनेछ र उहाँ परमेश्वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:25-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू