यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। “परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ” भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा-बुबाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए, र परमेश्वरलाई धन्यवाद दिएर भने, “अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्। किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्, जो तपाईंले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ, अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।” अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन्। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ।”
लूका 2 पढ्नुहोस्
सुन्नुहोस् लूका 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:25-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू