YouVersion लोगो
खोज आइकन

लूका 2:25-35

लूका 2:25-35 सरल नेपाली

त्‍यस बेला शिमियोन भन्‍ने मानिस यरूशलेममा बस्‍थे। उनी धार्मिक मानिस थिए र परमेश्‍वरको भक्ति गर्थे। उनले इस्राएलीहरूलाई बचाउने मानिसको बाटो हेरिरहेका थिए र पवित्र आत्‍मा उनीसँग हुनुहुन्‍थ्‍यो। ‘प्रभु परमेश्‍वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्‍टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्‍माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो। पवित्र आत्‍माबाट अगुवाइ पाएर शिमियोन मन्‍दिरमा गए। त्‍यतिखेर नै व्यवस्था पूरा गर्न मरियम र योसेफ पनि येशूलाई लिएर मन्‍दिरमा आइपुगे। शिमियोनले बालकलाई अँगालोमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, “हे प्रभु, तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, अब आफ्‍नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् किनभने तपाईंले पठाउनुभएको मुक्तिदातालाई मैले आफ्‍नै आँखाले देख्‍न पाएँ। तपाईंले उहाँलाई सबै जातिका मानिसहरूले देखून् भनेर पठाउनुभएको हो, उहाँ नै अरू जातिका मानिसहरूलाई तपाईंको बाटो देखाउने ज्‍योति हुनुहुन्‍छ र उहाँ नै तपाईंका इस्राएलीहरूको महिमा गराउनुहुने हुनुहुन्‍छ।” बालकको बारेमा शिमियोनले भनेका कुरा सुनेर उहाँका आमा र बुबा छक्‍क परे। शिमियोनले उहाँहरूलाई आशीर्वाद दिएर बालककी आमा मरियमलाई भने, “सुन, इस्राएलमा धेरैको उद्धार वा नाश होस् भनेर परमेश्‍वरले तिम्रा बालकलाई नै छान्‍नुभएको छ। उहाँ परमेश्‍वरले देखाउनुहुने चिन्‍ह हुनुहुन्‍छ, जसलाई धेरैले विरोध गरेर आफ्‍ना हृदयका विचारहरू प्रकट गर्नेछन् अनि तिम्रो हृदय भने तिखो तरवारले घोचेजस्‍तै दु:खले भरिएर छियाछिया हुनेछ।”

लूका 2 पढ्नुहोस्