YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 2:25-35

लूकाको सुसमाचार 2:25-35 NERV

शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो। परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो। आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए। शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः “अब हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई शान्तिसँग विदा दिनुहोस्। किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्। जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो। तपाईंको पथ प्रदर्शनमा गैर-यहूदीहरूको लागी उनी नै प्रकाश हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।” उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे। त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ। यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ।”

लूकाको सुसमाचार 2:25-35 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति