“ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ। जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्। त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्। त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। “ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्। त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
लेवी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 4:27-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू