लेवीहरू 4:27-35
लेवीहरू 4:27-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘यदि समुदायका मानिसहरूमध्ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाही गर्नुभएका कुराहरूमध्ये कुनै कुरो गर्छ भने, त्यो दोषी हुन्छ। त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्ति आफ्नो भेटी स्वरूप निष्खोट बाख्री त्यसले ल्याउनुपर्छ। त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र होमबलिको ठाउँमा त्यो पापबलि मारोस्। त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगत वेदीको आधारमा खन्याऊन्। त्यसको सबै बोसो मेलबलिका बलिदानको बोसोझैँ त्यसले झिकोस्, अनि पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई त्यो वेदीमा जलाऊन्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। “‘यदि त्यसले पापबलिको निम्ति भेड़ाका पाठा आफ्नो भेटी स्वरूप ल्यायो भने निष्खोट पाठी ल्याओस्। त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्छ, त्यहीँ नै पापबलिको निम्ति त्यसलाई मारोस्। त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याऊन्। त्यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्यसले झिकोस्, र पूजाहारीले त्यो परमप्रभुको निम्ति अग्नि-होममाथि वेदीमा जलाऊन्। यसरी त्यसले गरेको पापको निम्ति पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ’।”
लेवीहरू 4:27-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ। जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्। त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्। त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। “ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्। त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।
लेवीहरू 4:27-35 पवित्र बाइबल (NERV)
“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै-भुत्ला भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्। तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्। तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्। अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ। “यदि कसैले उसको पापबलिको निम्ति भेंडा ल्याउँछ भने, तब उसले निष्खोट भेंडाको पाठो ल्याउनु पर्छ। उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ। तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सींङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ। तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।
लेवीहरू 4:27-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साधारण मानिसहरूमध्ये कसैले अन्जानमा पाप गरेर परमप्रभुको कुनै आज्ञा तोडेर दोष गरेको छ भने त्यसलाई त्यस पापको बारेमा जनाईदिनेबित्तिकै त्यसले एउटी निष्खोट बाख्री बलि गर्न ल्याओस्। त्यस बाख्रीको टाउकोमा आफ्नो हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। पूजाहारीले बाख्रीको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो उठाएझैँ त्यसले उठाओस् र वेदीमाथि जलाओस् अनि त्यसको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ त्यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ। कुनै मानिसले पापबलिको लागि भेडा चढाउँछ भने त्यो निष्खोट पाठी हुनुपर्छ। त्यसले त्यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। पूजाहारीले पशुको रगतमा आफ्नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। तब त्यसको जम्मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्यसले लेओस् र त्यसलाई परमप्रभुलाई चढाएको अन्नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।