साधारण मानिसहरूमध्ये कसैले अन्जानमा पाप गरेर परमप्रभुको कुनै आज्ञा तोडेर दोष गरेको छ भने त्यसलाई त्यस पापको बारेमा जनाईदिनेबित्तिकै त्यसले एउटी निष्खोट बाख्री बलि गर्न ल्याओस्। त्यस बाख्रीको टाउकोमा आफ्नो हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिको निम्ति पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। पूजाहारीले बाख्रीको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। त्यसपछि त्यसको जम्मै बोसो, मेलबलिमा चढाइएको पशुको बोसो उठाएझैँ त्यसले उठाओस् र वेदीमाथि जलाओस् अनि त्यसको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ त्यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ। कुनै मानिसले पापबलिको लागि भेडा चढाउँछ भने त्यो निष्खोट पाठी हुनुपर्छ। त्यसले त्यसको टाउकोमा हात राखोस् र वेदीको उत्तरपट्टि, जहाँ होमबलिका पशुहरू काटिन्छन्, त्यहाँ त्यसलाई काटोस्। पूजाहारीले पशुको रगतमा आफ्नो औँला चोपेर वेदीका चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। तब त्यसको जम्मै बोसो मेलबलिमा चढाइएको पशुको बोसो लिएझैँ त्यसले लेओस् र त्यसलाई परमप्रभुलाई चढाएको अन्नबलिसँगै वेदीमाथि जलाओस्। यसरी पूजाहारीले त्यस मानिसको पापको निम्ति बलि चढाउनेछ र त्यसले क्षमा पाउनेछ।
लेवी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 4:27-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू