“‘यदि समुदायका मानिसहरूमध्ये कसैले अजानमा पाप गर्छ र परमप्रभुले मनाही गर्नुभएका कुराहरूमध्ये कुनै कुरो गर्छ भने, त्यो दोषी हुन्छ। त्यसले गरेको त्यो पाप त्यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्ति आफ्नो भेटी स्वरूप निष्खोट बाख्री त्यसले ल्याउनुपर्छ। त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र होमबलिको ठाउँमा त्यो पापबलि मारोस्। त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगत वेदीको आधारमा खन्याऊन्। त्यसको सबै बोसो मेलबलिका बलिदानको बोसोझैँ त्यसले झिकोस्, अनि पूजाहारीले परमप्रभुको निम्ति मीठो बास्ना हुनलाई त्यो वेदीमा जलाऊन्। यसरी पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। “‘यदि त्यसले पापबलिको निम्ति भेड़ाका पाठा आफ्नो भेटी स्वरूप ल्यायो भने निष्खोट पाठी ल्याओस्। त्यसले पापबलिको टाउकोमा आफ्नो हात राखोस्, र जहाँ होमबलिको पशु मारिन्छ, त्यहीँ नै पापबलिको निम्ति त्यसलाई मारोस्। त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, र त्यसको बाँकी रगतचाहिँ वेदीको आधारमा खन्याऊन्। त्यसको सबै बोसो मेलबलिका पाठाको बोसोझैँ त्यसले झिकोस्, र पूजाहारीले त्यो परमप्रभुको निम्ति अग्नि-होममाथि वेदीमा जलाऊन्। यसरी त्यसले गरेको पापको निम्ति पूजाहारीले त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ’।”
लेवीहरू 4 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 4:27-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू