“हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्। त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्। त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्। “त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्। यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ। हारून महा-पवित्रस्थानभित्र प्रायश्चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन। “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्। त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्।
लेवी 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 16:11-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू