लेवीहरू 16:11-19
लेवीहरू 16:11-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्। त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्। त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्। “त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्। यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ। हारून महा-पवित्रस्थानभित्र प्रायश्चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन। “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्। त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्।
लेवीहरू 16:11-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हारूनले आफ्नो पापबलिको साँढ़े ल्याओस्, अनि आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गरोस्। त्यसले आफ्नो पापबलिको निम्ति साँढ़े मारोस्। त्यसले परमप्रभुको सामुन्नेको वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको धुपौरो र मसिनो गरी कुटेको सुगन्धित धूप मुट्ठीभरि लिएर पर्दाभित्र ल्याओस्। त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ। त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्। “तब त्यसले मानिसहरूका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत पर्दाभित्र ल्याएर साँढ़ेको रगतजस्तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्ने छर्कोस्। यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महा-पवित्रस्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्। जब हारून प्रायश्चित गर्नलाई महा-पवित्रस्थानमा पस्छ, त्यसले आफ्नो निम्ति, आफ्नो घरानाको निम्ति र इस्राएलको जम्मै समुदायको निम्ति प्रायश्चित गरेर नफर्कुञ्जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्। “तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्। रगतबाट आफ्नो औँलाले सात पल्ट त्यसमाथि छर्केर इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्।

लेवीहरू 16:11-19 पवित्र बाइबल (NERV)
“त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ। त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुइ मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ। परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन। ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ। “तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ। यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरू माझमा छ। “हारून महा-पवित्रस्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्। तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्। तब उनले औंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए।
लेवीहरू 16:11-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफू र आफ्नो परिवारका निम्ति हारूनले साँढेको पापबलि चढाउँदा त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्थानमा लैजाओस्। परमप्रभुको सामुन्ने त्यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्दुकको कृपा आसनलाई ढाक्नेछ र त्यसलाई देखेर हारून मर्नेछैन। त्यसले साँढेको अलिकता रगत लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्दुकको अघिपट्टि सातपल्ट छर्कनेछ। त्यसपछि त्यसले पापबलिको बोको मानिसहरूका लागि मारोस् र त्यसको रगत महा-पवित्रस्थानमा ल्याओस्। त्यो रगत त्यसले कृपा-आसनमाथि र करारको सन्दुकको अघिपट्टि साँढेको रगत छर्केजस्तै गरी छर्कोस्। यस प्रकारले त्यसले इस्राएलजातिका अशुद्धता अनि सारा पापदेखि महा-पवित्रस्थानलाई चोख्याउने विधि पूरा गर्नेछ। त्यसले पवित्र पाललाई त्यसै गर्नुपर्नेछ किनभने त्यो विधिअनुसार अशुद्ध छाउनीका बीचमा रहेको हुन्छ। हारून महा-पवित्रस्थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्की आउञ्जेलसम्म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्यसले आफू, आफ्ना परिवार र सारा जन-समूहका निम्ति त्यो विधि पूरा गरिसक्छ, तब त्यो होमबलिको वेदीमा राखी त्यसलाई पवित्र गरोस्। त्यसले साँढे र बोको दुवैको रगत अलि-अलि मिसाएर वेदीको चार कुनाका चोसाहरूमा पूरा खन्याइदेओस्। त्यसले आफ्नो औँलाले केही रगत वेदीमा सातपल्ट छर्कनुपर्नेछ। यस प्रकारले त्यसले पवित्र वेदीलाई इस्राएलका मानिसहरूका पापबाट चोख्याएर पवित्र गर्नुपर्नेछ।