YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 16:11-19

लेवीहरूको पुस्तक 16:11-19 NERV

“त्यसपछि हारूनले आफ्नो निम्ति पापबलि का लागि साँढे चढाउँछ, उसले आफ्नो परिवार र आफूलाई पवित्र पार्छ। उसले आफ्नो पापबलिको निम्ति साँढे मार्नुपर्छ। त्यसपछि परमप्रभुको अघि वेदीबाट हारूनले पर्दाको पछि कोठामा कोइला भरेको कराही ल्याउनु पर्छ अनि उसले धुलो पारेर पिंधेको दुइ मुठ्ठी सुगन्धित धूप ल्याउनुपर्छ। परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन। ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ। “तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ। यसरी हारूनले महा पवित्रस्थान शुद्ध पार्ने काम गर्छ। इस्राएलका मानिसहरूलाई शुद्ध पार्न हारूनले यी सब कार्य गर्नु पर्छ। तिनीहरूले धेरै पापहरू गर्छन् र तिनले भेट हुने पालको निम्ति पनि यस्तो कार्यहरू गर्नु पर्छ कारण यो धेरै अशुद्ध मानिसहरू माझमा छ। “हारून महा-पवित्रस्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्। तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्। तब उनले औंलाले वेदीमा सात पल्ट रगत छर्कने छन्। यसरी उहाँ वेदी शुद्ध पार्ने छन् किनभने इस्राएलका मानिसहरूले यसलाई अशुद्ध बनाएका थिए।