YouVersion लोगो
खोज आइकन

लेवी 16:11-19

लेवी 16:11-19 सरल नेपाली

आफू र आफ्‍नो परिवारका निम्‍ति हारूनले साँढेको पापबलि चढाउँदा त्‍यसले वेदीबाट बल्‍दैगरेको कोइलाले भरिएको एउटा धूपौरा र दुई मुट्ठी उत्तम धूप लिएर महा-पवित्रस्‍थानमा लैजाओस्। परमप्रभुको सामुन्‍ने त्‍यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्‍दुकको कृपा आसनलाई ढाक्‍नेछ र त्‍यसलाई देखेर हारून मर्नेछैन। त्‍यसले साँढेको अलिकता रगत लिएर आफ्‍नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्‍दुकको अघिपट्टि सातपल्‍ट छर्कनेछ। त्‍यसपछि त्‍यसले पापबलिको बोको मानिसहरूका लागि मारोस् र त्‍यसको रगत महा-पवित्रस्‍थानमा ल्‍याओस्। त्‍यो रगत त्‍यसले कृपा-आसनमाथि र करारको सन्‍दुकको अघिपट्टि साँढेको रगत छर्केजस्‍तै गरी छर्कोस्। यस प्रकारले त्‍यसले इस्राएलजातिका अशुद्धता अनि सारा पापदेखि महा-पवित्रस्‍थानलाई चोख्‍याउने विधि पूरा गर्नेछ। त्‍यसले पवित्र पाललाई त्‍यसै गर्नुपर्नेछ किनभने त्‍यो विधिअनुसार अशुद्ध छाउनीका बीचमा रहेको हुन्‍छ। हारून महा-पवित्रस्‍थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्‍की आउञ्‍जेलसम्‍म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्‍यसले आफू, आफ्‍ना परिवार र सारा जन-समूहका निम्‍ति त्‍यो विधि पूरा गरिसक्‍छ, तब त्‍यो होमबलिको वेदीमा राखी त्‍यसलाई पवित्र गरोस्। त्‍यसले साँढे र बोको दुवैको रगत अलि-अलि मिसाएर वेदीको चार कुनाका चोसाहरूमा पूरा खन्‍याइदेओस्। त्‍यसले आफ्‍नो औँलाले केही रगत वेदीमा सातपल्‍ट छर्कनुपर्नेछ। यस प्रकारले त्‍यसले पवित्र वेदीलाई इस्राएलका मानिसहरूका पापबाट चोख्‍याएर पवित्र गर्नुपर्नेछ।

लेवी 16 पढ्नुहोस्