YouVersion लोगो
खोज आइकन

योएल 2:28-32

योएल 2:28-32 NCV

“अनि यसपछि, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्। ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। म आकाशमा र पृथ्वीमा अद्‌भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू। याहवेहको महान् र डरलाग्दो दिन आउनअगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ। अनि याहवेहको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ; किनकि सियोन पर्वतमा र यरूशलेममा छुटकारा हुनेछ, जसरी याहवेहले भन्‍नुभएको छ, बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; जसलाई याहवेहले बोलाउनुहुन्छ।

योएल 2 पढ्नुहोस्