योएल 2:28-32

योएल 2:28-32 सरल नेपाली

“त्‍यसपछि म सबै मानिसहरूमाथि मेरो आत्‍मा खन्‍याउनेछु, तिमीहरूका छोरा-छोरीहरूले मेरो वचनको घोषणा गर्नेछन्, तिमीहरूका बुढापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन् र तिमीहरूका युवाहरूले दर्शन देख्‍नेछन्। त्‍यस बेला म मेरो आत्‍मा नोकर-नोकर्नीहरू दुवैमाथि पनि खन्‍याउनेछु। “आकाश र पृथ्‍वीमा म त्‍यस दिनको बारेमा चेतावनी दिनेछु। रक्तपात, आगलागी र धूवाँको बादल फैलनेछ। परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि सूर्य अँध्‍यारो हुनेछ र चन्‍द्रमा रगतझैँ रातो हुनेछ। तर ज-जसले परमप्रभुसँग सहायताको निम्‍ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्‍नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्‍कनेछन् र उहाँले चुन्‍नुभएका जतिचाहिँ बाँच्‍नेछन्।”

योएल 2 पढ्नुहोस्