YouVersion लोगो
खोज आइकन

योएल 2:28-32

योएल 2:28-32 NNRV

“त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌। ती दिनमा मेरा सेवकहरू पुरुष र स्‍त्रीहरू दुवैमाथि म आफ्‍ना आत्‍मा खन्‍याउनेछु। आकाश र पृथ्‍वीमा म अचम्‍मका कामहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो र धूवाँका मुस्‍लाहरू। परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌। परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”