“त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्। तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्। तिनीहरूका जवानले दर्शन देख्नेछन्। त्यस समय म आफ्ना आत्मा मेरा दास र दासीहरूमाथि खन्याउनेछु। पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्। सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ। अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरूको बिचमा तिनीहरू हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।
योएलको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योएलको पुस्तक 2:28-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू