त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: “जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर! “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्वरका निम्ति म सङ्गीत बजाउनेछु। “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो। सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्वरको सामु पहाडहरू पनि डरले काँपे। “अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ। जब परमेश्वरले नयाँ अगुवाहरू चुन्नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए। मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!
न्यायकर्ता 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 5:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू