YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 5:1-9

न्यायकर्ताहरू 5:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: “जब इस्राएलका अगुवाहरू नेतृत्‍व गर्छन्, जब मानिसहरू राजीखुशीले आफूलाई समर्पण गर्छन्‌— परमप्रभुको प्रशंसा गर। “हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्‍तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भजन गाउनेछु। “हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्‌नुभयो, जब तपाईं एदोमको देशबाट बढ्‌दैजानुभयो, तब पृथ्‍वी काम्‍यो, आकाशले खन्‍यायो, बादलले झरी बर्सायो। परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए। “अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्‌न लागे। इस्राएलका गाउँले जीवन समाप्‍त भयो, जबसम्‍म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ। जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए। मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्‍येका इच्‍छुक स्‍वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर।

न्यायकर्ताहरू 5:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: “जब इस्राएलका राजकुमारहरू अगि सरे, जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— याहवेहको प्रशंसा गर! “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु। “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो। सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे। “अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ। जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए। मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!

न्यायकर्ताहरू 5:1-9 पवित्र बाइबल (NERV)

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ! “हे राजाहरू हो। सुन! हे शासकहरू हो। सुन! म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु। “हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए। परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि। “अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे। “त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्। “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो। शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्। “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ, जो स्वेच्छाले युद्धमा जाने भए! परमेश्वर प्रति धन्यवाद चढाऊ!

न्यायकर्ताहरू 5:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो भजन गाए: परमप्रभुको प्रशंसा गर! इस्राएली अगुवाहरूले युद्ध गर्न निर्णय गरेका थिए, राजी-खुसीसाथ इस्राएलीहरूले आफैंलाई अर्पण गरेका थिए। हे राजाहरू हो! हे शासकहरू हो! सुन अनि ध्‍यान देओ, इस्राएलका परमप्रभुका निम्‍ति सङ्‌गीतको ध्‍वनिसाथ म गाउनेछु। परमप्रभु! तपाईंले सेइर-पहाड छोड्‍नुहुँदा, जब एदोमको इलाकादेखि बाहिर सवारी हुनुहुँदा, यो पृथ्‍वी डग्मगियो, आकाशबाट वृष्‍टि भयो, अँ, बादलबाट मुसलधारे पानी बर्स्‍यो। सीनैका परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने, पर्वतहरूमा भूइँचालो गयो। अनातका छोरा शमगरका दिनमा, याएलका दिनमा, देशका बीचबाट भएर व्‍यापारी दल जाँदैनथे, यात्रीहरू बाटोका किनारबाट हिँड्दथे। इस्राएलका सहरहरूदेखि मानिसहरू भागेका थिए, हे दबोरा, तिमी आइनपुगुञ्‍जेल ती सहरहरू रित्ता थिए, तिमी इस्राएलकी आमा भएर आयौ। जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए? इस्राएलका सेनापतिहरूप्रति, खुसीसित सेवा गर्न आफैंलाई अर्पण गर्ने प्रजाप्रति मेरा हृदयमा गर्व छ। परमप्रभुको प्रशंसा गर!