YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरूको पुस्तक 5:1-9

न्यायकर्ताहरूको पुस्तक 5:1-9 NERV

इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए। तिनीहरू स्वेच्छाले युद्धमा जाने भए! परमप्रभुलाई धन्यवाद चढाऊ! “हे राजाहरू हो। सुन! हे शासकहरू हो। सुन! म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु। “हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए। परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि। “अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे। “त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्। “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो। शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्। “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ, जो स्वेच्छाले युद्धमा जाने भए! परमेश्वर प्रति धन्यवाद चढाऊ!